सातै प्रदेशमा कोरोना भाइरसको अवस्था

देश । आइतबार मात्र नेपालमा थप १९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । संक्रमितको संख्या १९ बढेसँगै नेपालमा ६ सय ३ जना संक्रमित पुगेका छन् । हालसम्म पीसीआर विधिबाट ४८ हजार ८ सय १५ र आरडीटि विधि मार्फत ९० हजार २६ जनाको परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. देवकोटाले गत २४ घण्टामा पीसीआर विधि मार्फत २ हजार ८ सय ५६ र आरडीटि विधिबाट ३ हजार ७ सय ९१ जनाको परिक्षण गरिएको बताए । यसैगरी प्रदेश नम्बर १ मा आइसोलेसनमा ६० जना रहेका छन् भने यहाँ २६ जना निको भएका छन् । यसैगरी यहाँ क्वारेन्टाइनमा १ हजार ४ सय ५० जना रहेका छन् ।

यस्तै , प्रदेश नम्बर २ मा आइसोलेसनमा १ सय ६६ जना रहेका छन् । यहाँ निको हुनेको संख्या १३ पुगेको छ भने क्वारेन्टाइनमा ८ हजार २ सय ३८ रहेको छ । यसैगरी यहाँ आरडीटि विधि मार्फत ६ हजार ३ सय ४४ जनाको परिक्षण गरिएको छ । यसैगरी वाग्मती प्रदेशमा आइसोलेसनमा २४ जना रहेका छन् । यहाँ निको हुनेको संख्या ९ रहेको छ । यहाँ आरडीटि विधि मार्फत २२ हजार ८ सय ११ जनाको परिक्षण गरिएको छ भने ५ सय ६२ जना क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै , गण्डकी प्रदेशमा आइसोलेसनमा ३ जना रहेका छन् भने यहाँ २ जना निको भएका छन् । यहाँ क्वारेन्टाइनमा ८ सय ८२ रहेका छन् भने आरडीटि विधि मार्फत ७ हजार ७ सय १ जनाको परिक्षण गरिएको छ । प्रदेश नम्बर ५ मा २ सय ४७ जना आइसोलेसनमा रहेका छन् । यहाँ निको हुनेको संख्या ३२ जना रहेको छ । प्रदेश नम्बर ५ को विभिन्न स्थानमा १९ हजार ५ सय २५ जना क्वारेन्टाइनमा रहेका छन् भने यहाँ १३ हजार २ सय ६७ जनाको आरडीटि विधिबाट परिक्षण गरिएको छ ।

यसैगरी कर्णाली प्रदेशमा ४ जना आइसोलेसनमा रहेका छन् । भने , यहाँ क्वारेन्टाइनमा ३ हजार ४ जना रहेका छन् । यहाँ निको हुनेको संख्या ५ जना रहेको छ भने ९ हजार ३९ जनाको आरडीटि विधि मार्फत परिक्षण भइसकेको छ । सुदूरपश्चिम प्रदेशमा आइसोलेसनमा ९ जना रहेका छन् भने यहाँ २० हजार ६ सय १० जनाको आरडीटि विधि मार्फत परिक्षण गरिएको छ । यहाँ क्वारेन्टाइनमा ६ हजार १ सय ४३ जना रहेको छ । सातै प्रदेशमा क्वारेन्टाइनमा रहनेको संख्या ३९ हजार ८ सय ४ जना रहेको छ । जेठ ११ गते आइतबार नुवाकोटमा संक्रमित भेटिएसँगै संक्रमित भेटिने जिल्लाको संख्या ४२ पुगेको छ ।

कमेन्ट गर्नुहोस्