देश । विश्वको टाउको दुखाइ बनिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण बाट नेपालमा ४ जना निको भएका छन् । चीनबात आएका विधार्थीमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनले स्वास्थ्य लाभ गरेर घर फर्किएपछी फ्रान्सबाट नेपाल आएकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ दोस्रो संक्रमितको रुपमा फेला परिन् । उनले पनि शनिवारनै स्वास्थ्य लाभ गरेकी छिन् । अर्थात् उनि कोरोना भाइरसको संक्रमणबाट मुक्त भएकी छिन् । उनिसँगै बाग्लुङकी ६५ वर्षीय महिला पनि कोरोना भाइरसको संक्रमणलाई जित्न सफल भएकी छिन् ।
यसमा थपिएका छन् , कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवक । उनको दोस्रो र तेस्रो पटक गरिएको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको थियो । पहिलो रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएका उनको दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालले जानकारी दिए ।
जिल्लाको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवक १६ दिन अस्पताल बसेपछि उनी कोरोनालाई जितेर घर फर्किएका हुन्। भारतबाट आएका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो। उनी कैलालीको गौरीफन्टा नाका भएर घर फर्किएका थिए। यससँगै नेपालमा कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज हुने उनी चौथो व्यक्ति हुने भएका छन्।







