उपाध्यक्षमा धर्मराजले दिए उम्मेदवारी

विदेश । आउँदो अक्टुबरमा गैर आवासीय नेपाली संघ अर्थात एनआरएनएले नयाँ नेतृत्व पाउदैछ । कुमार पन्तको नेतृत्वमा रहेको कार्यसमितिको पदावधि सकिनै लाग्दा आउँदो निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारी घोषणा गर्ने कार्यक्रम विस्तारै बढ्दै छ । ओशिनिया रिजनल कोर्डिनेटर पदमा रहेर प्रवासी नेपालीको सेवा गरिसकेका धर्मराज अधिकारी आउँदो २०२१-२०२३ का लाही उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

गैर आवासीय नेपालीहरुको सुख दु:खमा साथ् दिने धर्मराज सामाजिक अभियन्ताका रुपमा पनि परिचित छन् । आफ्नो विगतको कार्य सम्पादन र संस्था प्रतिको जिम्मेवारी निर्वाहमा देखिएको उनको भूमिका मार्फत अझै यस क्षेत्रमा सेवा गर्ने मनसायले उम्मेदवारी दिन लागिएको बताइएको छ । उनले एनआरएनएमा रहेर सेवा गर्न सक्नेमा प्रवासी नेपाली विश्वस्त छन् ।

कमेन्ट गर्नुहोस्