देश । पछिल्लो समय देश विदेशमा इभेन्ट गर्ने कम्पनिमा अगाडी आउने नाम मध्यको एक गृष्मा ब्रोडकास्टिङले ‘स्टार क्रिकेट २०२१’ मैत्रीपूर्ण खेल गर्ने भएको छ । गृष्मा ब्रोडकास्टिङका अध्यक्ष गृहेन्द्र घिमिरेले बुधवार बिहान सामाजिक सञ्जाल मार्फत यसको जानकारी दिएका छन् । सार्वजनिक गरिएको पोस्टरमा चितवनको भरतपुर महानगरपालिका अन्तर्गतको वडा नम्बर १५ मा गौतमबुद्ध अन्तर्राट्रिय क्रिकेट रङ्गशाला निर्माण गरिरहेका धुर्मुस–सुन्तली फाउण्डेशनका सिताराम कट्टेल र कुन्जना घिमिरेसँगै क्रिकेटर पारस खड्का , शृंखला खतिवडा लगायत छन् ।
निर्माण भइरहेको रङ्गशालालाई सहयोग गर्ने उदेश्यले मैत्रीपूर्ण खेलको आयोजना गर्न लागिएको गृष्माका गृहेन्द्रले बताए । ‘मैले रङ्गशालामा मेरो दायित्व र कर्तव्य पनि पुरा गरेको हुँ ,’ उनले भने ‘रङ्गशाला निर्माणमा विदेशमा रहेका नेपालीहरु जुटिरहनु भएको छ भने हामी स्वदेश पनि किन केहि नगर्ने ?’ उनि यो खेलले रङ्गशाला निर्माणमा केहि सहयोग पुग्नेमा विश्वस्त छन् ।
माघ २४ गते आयोजना हुने खेलमा ३ टिम रहनेछन् । क्रिकेटर पारस खड्का , ज्ञानेन्द्र मल्ल र विनोद दासले १\१ टिमको कप्तानी गर्नेछन् । उनीहरुको टिममा क्रिकेट खेलाडीसँगै फुटवल खेलाडी , भलिवल खेलाडीसँगै कलाकार र सञ्चारकर्मी रहनेछन् । ‘हामीले हरेक क्षेत्रलाई प्रतिनिधित्व हुने गरि सेलिब्रेटीलाई अगाडी ल्याउदैछौँ । र , त्यो उहाँहरुको रङ्गशाला निर्माणमा सहभागिता भनौ वा सहयोग पनि हो’ घिमिरेले भने ।
मैत्रीपूर्ण खेलमा दर्शकको सहभागिता भने नरहने उनले बताए । ‘अहिलेको अवस्थामा हामीले दर्शकका लागि खुल्ला गरेका छैनौ । तर , हेरौँ आउँदो दिनमा अवस्था कस्तो हुन्छ’ उनले त्यसलाई परिस्थिति अनुसार निश्चय गरिने प्रस्ट्याए । खेल मार्फत जुटेको रकम त्यहिँ धुर्मुस-सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरिनेछ । साथै , त्यहाँ खेलमा प्रयोग भएका बल , ब्याट , जर्सी लगायतका खेल सामग्रीमा सेलिब्रेटीहरुको साइन लिएर बिक्रीका लागि फाउन्डेसन्लाई प्रदान गरिनेछ ।
गृष्मा ब्रोडकास्टिङको आयोजनामा धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा निर्माणाधिन गौतम बुद्ध…
Posted by Naresh Bhattarai on Tuesday, December 8, 2020
‘हामीले फ्यानका लागि सेलिब्रेटीले खेलमा प्रयोग गरेका खेल सामग्री फाउन्डेसनलाई हस्तान्तरण गरिदिने छौँ । जसबाट भएको आम्दानी पनि फाउन्डेसनकै हुनेछ’ घिमिरेले बताए । खेलमा तेक्वान्दो खेलाडी दीपक विष्ट , गायक रामकृष्ण ढकाल, प्रमोद खरेल , सञ्चारकर्मी नरेश भट्टराई , विवेक सिंह ठकुरी , कलाकार सन्दीप छेत्री , गायिका स्मिता दाहाल , अभिनेत्री बेनिशा हमाल , फुटवलर हरि खड्का , अनिल गुरुङ लगायत थुप्रै सेलिब्रेटीहरुको सहभागिता रहने आयोजक गृष्मा ब्रोडकास्टिङले जनाएको छ । विस्तारै अन्य नामहरु पनि सार्वजनिक हुने बताईएको छ ।












