उत्पादनमुलक उद्योगहरूलाई इजाजत र नविकरण दस्तुर छुट

देश । आर्थिक वर्ष २०७८ ७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले चलचित्र क्षेत्रलाई इजाजत एवं नविकरण दस्तुरमा छुट दिने घोषणा गरेका छन् ।अर्थमन्त्री पौडेलले उत्पादनमुलक उद्योगहरूलाई चलिचत्रसँगै हस्तकला, हवाइ सेवा, सञ्चार गृह, विज्ञापन सेवा, हेल्थ क्लव, ब्यूटी पार्लरले पनि उक्त छुट दिने बताएका हुन् ।

यी उद्योगहरू स्वत: नविकरण हुनेछन् । कोभिड-१९ महामारीका कारण शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन र आर्थिक वृद्धीको लसी हासिल गर्न भन्दै चलचित्र र होटल उद्योगलाई विद्युत खपतमा समेत डिमान्ड शूल्क छुट दिन लागेको उनले बताए ।

कमेन्ट गर्नुहोस्