८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि

देश । पछिल्लो २४ घण्टामा थप ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो थपिएको संख्यासँगै मंगलबारसम्म कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।

काठमाडौं उपत्यकामा भने २ सय ३२ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा १ सय ९९, भक्तपुरमा १४ र ललितपुरमा १९ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई ३ सय १३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १९ हजार १ सय १९ पुगेको छ ।

कमेन्ट गर्नुहोस्