उपत्यकामा बुस्टर डोज

देश । कोरोना भाइरसको नयाँ भेरीएन्ट ओमिक्रोनको त्रास बढ्दै गर्दा नेपाल सरकारले बुस्टर डोज दिन सुरु गरेको छ । विशेषत पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या उपत्यकामा बढ्दो छ । यसैलाई मध्यनजर गर्दै सरकारले कोरोना भाइरस विरुद्धको भ्याक्सिन लगाएको ६ महिना पुगिसकेको व्यक्तिलाई बुस्टर डोजको सुरुवात गरेको हो । काठमाडौंका विभिन्न १९ र ललितपुर महानगरका ८ गरी २७ स्थानमा बुस्टर डोज लगाउने व्यवस्था गरिएको छ । काठमाण्डौंमा सोमबार देखि र ललितपुरमा मंगलवार देखि बुस्टर डोज सुरु गरिएको छ । तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर मात्रा दिइनेछ । यो डोज लगाउन यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्नेछ ।

काठमाडौंका यी स्थानमा लगाइने छ बुस्टर डोज

त्रिवि शिक्षण अस्पताल वीर अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु सशस्त्र प्रहरी बल अस्पताल बलम्बु सहिद मेमोरियल अस्पताल कलंकी वीरेन्द्र सैनिक अस्पताल छाउनी लोट्से भवन नयाँ बसपार्क नेपाल प्रहरी अस्पताल महाराजगन्ज बयोधा अस्पताल बल्खु प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली निजामती अस्पताल नयाँबानेश्वर एपेक्स पोलिक्लिनक जडिबुटी काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी जनमैत्री अस्पताल बालाजु नर्भिक अस्पताल थापाथली शुभेच्छा अस्पताल सीतापाइला ग्रान्डी अस्पताल नोबेल अस्पताल सिनामंगल

ललितपुर महानगरपालिका

सुमेरु अस्पताल सर्वाङ्ग अस्पताल अल्का अस्पताल स्टार अस्पताल निदान अस्पताल बिएन्डबी अस्पताल मेडिसिटी अस्पताल

कमेन्ट गर्नुहोस्