अध्यक्ष गौतम पुरस्कृत

देश । नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखा अध्यक्ष मणिराज गौतम आज काठमाडौँमा सम्पन्न पन्ध्रौँ डी सिने अवार्डमा पुरस्कृत भएका छन् । उनलाई नगद राशि पन्ध्रहजारसहित ‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ मार्फत पाल कलाकार सङघका अध्यक्ष मोहन निरौला, प्रथम अभिनेत्री भुवन चन्द, सङगीतकार शम्भुजित सापकोटा लगायतले संयुक्त रुपमा पुरस्कार प्रदान गरे ।

राष्ट्रिय समाचार समिति (रासस)का मनहरी समाचारदाता समेत रहेका गौतम मकवानपुरमा रहेर विधागत पत्रकारितामा पनि उत्तिकै क्रियाशील छन् । चलचित्र पत्रकार सङघ नेपालको मकवानपुर शाखाको दुई कार्यकाल अध्यक्ष समेत गौतमले केही फिल्ममा अभिनय गर्नुका साथै निर्माणमा समेत सहकार्य गरेका छन् । पुरस्कृत अध्यक्ष गौतमले यस्ता पुरस्कारले मोफसलमा विधागत पत्रकारितामा सक्रियलाई प्रोत्साहन मिल्ने बताए ।

डिजिटल माध्यमबाट निर्माण गरिएका फिल्मकर्मीलाई प्रोत्साहन गर्न यो अवार्ड हरेक वर्ष आयोजना गर्ने गरिन्छ । अवार्डको यस शृंखलामा विसं २०७९ मा प्रदर्शन भएका फिल्म सहभागी भएको थियो ।

कमेन्ट गर्नुहोस्