बार्सिलोनाको जितमा मेसीको गोल

0 Shares

विदेश । स्पानिस क्लब बार्सिलोनालाई कप्तान लिओनल मेसीले दुइ खेल जिताएका छन् । ला लिगा अघि प्रि सिजनमा लगातार दोस्रो मैत्रीपूर्ण खेल बार्सिलोनाले जितेको हो । मेसीको दुई गोल मद्दतमा बार्सिलोजनाले गिरोनालाई ३-१ ले पराजित गरेको हो । बार्सिलोनाका लागि फिलिप काउटिन्होले पनि एक गोल गरे ।

योहान क्रफ स्टेडियममा भएको खेलमा काउटिन्होले २१औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम समयमा मेसीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । दोस्रो हाफको सुरुमै गिरोनाका साइजले गोल गरेका थिए । तर मेसीले ५१औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता बढाएका थिए । स्पानिस ला लिगाको नयाँ सिजन सुरु भइसकेपनि पनि बार्सिलोनाले पहिलो खेल खेल्न बाँकी छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्