देश । सन्तोष कुमार देवकोटा नेपालको प्रथम मोबाइल एप्लिकेशन ‘नेपाली पात्रो’ को प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका छन् । २०५६ सालमा वीरगञ्जबाट प्रकाशित हुने ‘सार्थक साप्ताहिक’बाट सञ्चारमा सक्रिय देवकोटाले त्यसयता रेडियो वीरगञ्ज ९९ मेगाहर्ज, इक्वल एक्सेस नेपाल लगायतका संस्थामा संलग्न रहिसकेका देवकोटा डिजिटल मिडिया तथा कम्युनिटि प्लाटफर्म विज्ञको रुपमा सक्रिय रहँदै आएका छन् । नेपाली तथा अंग्रेजी भाषा समेतका नेपालका महत्वपूर्ण अनलाइन समाचार सहित ‘नेपाली पात्रो’ नेपाली सञ्चार सामग्रीहरुलाई प्रभावकारी ढंगले धेरै भन्दा धेरैको पहुँचमा जोडिरहने टुल्सको रुपमा परिचित नेपालमै उत्पादित पहिलो कम्युनिटि एप हाे ।
२०६३ साल (सन् २००८) मा सर्वप्रथम फेसबुक एप मार्फत सार्वजनिक भएको ‘नेपाली पात्रो’ विक्रम संवत् २०६६ (सन् २०११) मा गुगलको प्लेस्टोर मार्फत एन्ड्राेइड तथा आईफोन प्रयोगकर्ताहरुकाका लागि एपस्टोर मार्फत सार्वजनिक गरिएको थियो ।
नेपाली पात्रोले हाम्रो मौलिक चाडपर्व, तिथि-मिति, पञ्चाङ, उत्सव तथा सांस्कृतिक गतिविधि मात्र समेटेको छैन, यो सबै उमेर समूहका लागि उपयोगी स्मार्ट एप्लिकेशन हो। यो क्यालेण्डर बाहेक, भिडियो, रेडियो, कुण्डली, दैनिक विदेशी मुद्राको विनिमय दर, सुन चाँदिको दैनिक दररेट, मौसम, एकाइ रुपान्तरण (धुर-आना र बिघा-रोपनी निकाल्ने) शुभ साइत तथा मुहूर्तहरु, ज्योतिष सेवा, ब्लग, मिति परिवर्तन लगायतका सुविधाहरुले युक्त छ।











