कोरोना भाइरसलाई जित्नेको संख्या १ सय ६६

देश । पछिल्लो केहि दिन यता नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमित संख्या बढ्दो छ भने यसलाई जित्ने संख्या पनि बढिरहेको छ । उपचारपछी कोरोना मुक्त हुनेको संख्या बढिरहेको छ । यसैबीच पर्सामा थप २१ जना कोभिड–१९ संक्रमित उपचारपछि भाइरसमुक्त भएका छन् । गण्डक अस्पतालमा उपचाररत २१ संक्रमित कोरोनामुक्त भएपछी उनीहरुलाई गए राति नै डिस्चार्ज गरिएको छ ।

लगातार दुई वटा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएकाले उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । ६ महिलासहित ३० जना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरिएकोमा अस्पतालमा अब ९ जना संक्रमित उपचाररत छन् । नारायणी कोभिड अस्पतालकै शाखाको रुपमा गण्डक अस्पताल सञ्चालित छ । योसँगै नेपालमा संक्रमण पुष्टि भएकाहरुमध्ये १६६ जना निको भएका छन् भने बाँके, सिन्धुपाल्चोक, गुल्मी र बाराका एक/एक गरी ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्