देश । नेपालमा कोरोना भाइरस (कोभिड १९ ) संक्रमितको संख्या २ सय ६७ पुगेको छ । नेपालमा शुक्रबार एकै दिन १८ जना नयाँ संक्रमितको पुष्टि भएको छन् । शुक्रबार बिहान र साँझ ९/९ जना गरी १८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएसँगै संक्रमितको कूल संख्या २६७ पुगेको छ । शुक्रबार बिहान मकवानपुर र बाँके तथा साँझ काठमाडौं, वीरगञ्ज र दाङमा नयाँ कोरोना संक्रमितको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार बिहान मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका थिए । बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ । साँझको रिपोर्ट अनुसार काठमाडौं सतुंगलका ७ वर्षीय बालक, वीरगञ्जका ९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीया महिला, दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुष र उदयपुरका २५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।हालसम्म २३ हजार ९२३ पीसीआर टेस्ट भएको छ भने ६३ हजार ०८५ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट गरिएको छ । संक्रमितको संख्या बढेसँगै लकडाउनमा पनि थप कडाइ गरिएको छ ।






