सर्लाहीमा तिन मन्त्रीलाई कालो झण्डा

0 Shares

देश । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछी अन्य दलहरुले चर्को आन्दोलन गरिरहेका छन् । सरकारबाट अल्ल्गीएको माधवकुमार नेपाल – प्रचण्ड समुहले विरोध गरिरहेको छ । प्रधानमन्त्री ओलीले संविधान विपरित कार्य गरेको भन्दै विरोध गरिरहेका छन् । यसैक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ र सहरी विकास मन्त्री प्रभु साहलाई सर्लाहीमा कालो झण्डा देखाइएको छ ।

सर्लाहीको सदरमुकाम मलंगवामा आयोजित सभामा मंगलबार दिउँसो जाने क्रममा नवलपुर- मलंगवामा सडक खण्डमा प्रचण्ड–माधव समुहका नेता तथा विद्यार्थी नेताहरुले कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउनेमा नेकपाका जिल्ला ईन्चार्ज डाचाराज वाग्ले, जिल्ला अध्यक्ष रेवती पन्त, जिल्ला सचिव कमल बुढाथोकी लगायत थिए । यसअघि जाजरकोटमा खानेपानी मन्त्री मणि थापालाई कालो झण्डा देखाइएको थियो ।

कमेन्ट गर्नुहोस्