लकडाउन उल्लघन गर्दा स्वास्थ्यमन्त्रीकै पद खोसियो

विदेश । कोरोना भाइरस (कोभिड १९) को कारण नेपाल गत चैत्र ११ गतेदेखि ‘लकडाउन’ छ । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन सामाजिक दुरी कायम गर्न विश्वका अधिकांस देशले लकडाउन गरिरहेको छ । न्युजिल्यान्डमा पनि लकडाउन कडाइका साथ् गरिएको छ । तर , सरकारले कडाइका साथ घोषणा गरेको लकडाउन उल्लघन गर्दा स्वास्थ्यमन्त्रीनै कारवाहीमा परेका छन् ।

कोरोना भाइरस नियन्त्रणको लागि लगाइएको लकडाउनको क्रममा साइकल यात्रामा निस्किएका स्वास्थ्यमन्त्री डेभिड क्लार्क घटुवामा परेका हुन् । मन्त्रीको जिम्मेवारी खोसेर उनलाई सहायक स्वास्थ्यमन्त्रीमा घटुवा गरिएको स्थानीय सञ्चार माध्यममा खबर छ । क्लार्कले लकडाउनको समयमा परिवारसँग ४० किलोमिटर यात्रा गरेपछि उनलाई न्युजिल्याण्डकी प्रधानमन्त्री जाकिन्डा एर्डेनले उनको पद खोसेकी हुन् ।

उनले सामान्य अवस्थामा भए उनलाई निलम्बन गरिने तर कोभिड–१९ विरुद्धको लडाइँमा उनको साथ आवश्यक रहेको बताउदै उनलाई सहायक स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइएको जनाइन । डेभिडले आफ्नो गल्ती स्वीकार्दै यो कामको लागि क्षमायाचना गर्दै आफूले आफैंलाई ‘मूर्ख’को संज्ञा दिएका छन् ।स्वास्थ्यमन्त्रीले लकडाउन उल्लंघन गरेको घटनाको मुलुकभर विरोध भएको थियो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्