टिभीमा ‘मंगलम’

236 Shares

फिल्म । प्रदर्शन पश्चात राम्रो प्रतिक्रिया बटुलेको फिल्म ‘मंगलम’ आजबाट डिसहोमको च्यानल नम्बर १०८ बाट प्रसारण भएको छ । नवल नेपालको निर्देशन तथा गोविन्द फुयालको कथा रहेको फिल्ममा शिल्पा पोखरेल, पुष्पल खड्का,पृथ्वीराज लगायत कलाकारको मुख्य भूमिका रहेको छ । फिल्म साम्राज्ञी राज्यलक्ष्मी शाहको पनि अभिनय रहेको छ ।

कोरोना भाइरस (कोभिड १९) को कारण लकडाउनमा रहेका दर्शकले स-परिवार फिल्म हेर्न मिल्ने निर्देशक नेपालले बताए । ‘दर्शकको प्रतिक्रियाको लागि आतुर छु’ निर्देशक नेपालले भने । फिल्मलाई छविराज ओझाले निर्माण गरेका हुन् ।

कमेन्ट गर्नुहोस्