फिल्म । गत शिवरात्रिको अवसर पारेर बुधवारदेखि प्रदर्शन भइरहेको फिल्म ‘लाज शरणम्’लाई दर्शकको साथ् प्राप्त भएको छ । ‘सक्किगोनि’ सिरियलकै टिमले निर्माण गरेको कारण चर्चामा रहेको फिल्ममा देखिएको सामाजिक व्यङ्ग्यलाई दर्शकले रुचाएका छन् । फिल्ममा अभिनेता महेश त्रिपाठीले निर्वाह गरेको भूमिकालाई दर्शकले रुचाएका छन् ।
उनको भूमिकालाई दर्शकदेखि फिल्मकर्मीसम्मले जिवन्त भनेका छन् । फिल्ममा सुन्दर कर्णालीको दृश्य पनि दर्शकले मन पराएका बताएका छन् । दर्शकले मन पराउँदा यसको कलेक्सन राम्रो देखिएको छ । कर्णालीका सुन्दर हिमाल, खर्क र पठारले दर्शकको ध्यान खिच्छ ।
लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको फिल्म ‘लाज शरणम्’मा सिताराम कट्टेल (धुर्मुस), विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य,अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ ।
जेपिटी क्रियसनको ब्यानरमा बनेको फिल्मका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन् । यसलाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।










