फिल्म । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर चलचित्र ‘हन्टर’ निर्माणको घोषणा गरिएको छ । जीवन सिंहको निर्देशनमा तयार हुने चलचित्रमा मुख्य भूमिकामा अभिनेता अरुण क्षेत्री रहेका छन् । ‘महापुरुष’, ‘प्रेमा’, ‘ज्याकी आईएम २१’लगायत चलचित्रमा काम गरिसकेका अरुण यसपटक फरक देखिएका छन् ।
क्याच कुक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने चलचित्रले सुदूरपश्चिमको कथा भन्ने निर्माणपक्षले जनाएको छ । चलचित्र एक्सन इन्टरटेनर हुने निर्देशक सिंहले बताएका छन् । चलचित्रको प्रि–प्रोडक्सनको काम भइरहेको छ । चलचित्रको छायांकन पश्चिम नेपालमा हुनेछ ।
कमेन्ट गर्नुहोस्










