फिल्म । सलमान खानको सफल फिल्ममा पर्छ ‘दबंग’ । सन् २०१० मा रिलिज भएको दबंग हिट मात्र भएन , सलमानले फिल्ममा निर्वाह गरेको क्यारेक्टर ‘चुलबुल पाण्डे’ लाई पनि दर्शकले रुचाए । त्यसपछी दर्शकले यसको सिक्वेललाई सन् २०१२ मा हेरेका थिए । दबंगलाई अनुभव सिन्हाले निर्देशन गरेका थिए भने यसको सिक्वेललाई अरबाज खानले ।
अब यसको तेस्रो भाग अर्थात् ‘दबंग ३’ को शुटिङ सुरु भएको छ । खान ब्रदर्स अर्थात सलमान खान र अरबाज खानले फिल्मको घोषणा गरेका छन् । सलमानलाई चुलबुल अवतारमा हेर्न आतुर रहेका दर्शकले आउँदो क्रिसमसमा उनलाई हेर्न पाउने भएका छन् । भारतको छायाँकन सकाए लगतै सलमानले ‘दबंग ३’ लाई समय दिएका हुन् ।
फिल्मलाई सलमानकै नजिकका साथी प्रभुदेवाले निर्देशन गर्दैछन । प्रभुकै निर्देशनमा तयार भएको फिल्म ‘वान्टेड’ पछी सलमानको करियर उकालो लागेको थियो । फिल्ममा सलमानको को-स्टार सोनाक्षी सिन्हा हुनेछिन् भन्ने चर्चा बि-टाउनमा भएता पनि अरबाजले शेयर गरेको भिडियोमा यसको खुलासा गरीएको छैन । उनले शुटिङ सुरु हुने जानकारी मात्र दिएका छन् । तर सोहि भिडियोमा सोनाक्षीले कमेन्ट गर्दै छिटै ज्वाइन गर्ने बताएकी छिन ।
View this post on Instagram@beingsalmankhan Back in our birthplace for #Dabangg3 shoot @arbaazkhanofficial












