देश । कोरोना भाइरस (कोभिड १९) का कारण देश लकडाउनमा छ । गत वर्षको डिसेम्बर अन्तिममा चीनको वुहान सहरमा पहिलो पटक देखिएको कोरोना भाइरस अहिले विश्वका अधिकांस देशमा महामारी बनिरहेको छ । सामाजिक दुरी कायम गरेर कोरोना भाइरसको महामारी रोक्न सकिने बह्येको हुँदा विश्वका अधिकाँस देश लकडाउनमा छन् । यसबीच स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र सञ्चारकर्मी भने काममै छन् ।
सञ्चारकर्मीले घरमै रहेता जनतालाई सुचित गरिरहेका छन् । तर , केहि सञ्चारमाध्यमले भने यसबीचमा अपुष्ट खबरलाई सम्प्रेषण वा प्रकाशित गर्दै भ्रम पनि फैलाएका छन् । यस्तै भ्रम फैल्याउने ७० अनलाइनलाई नेपाल प्रेस काउन्सिलले देशभर प्रसारण हुन नसक्ने गरी कारबाही गरेको छ । लकडाउन अवधिमा समाचारका माध्यमबाट समाजमा भ्रम फैलाउने संचारसंस्थाहरूलाई कारबाही गरेको प्रेस काउन्सिलका सूचना अधिकारी दिपक खनालले बताएका छन् ।
नेपालमा दोस्रो कोरोना संक्रमित भेटिएसँगै चैत्र ११ गतेबाट नेपाल सरकारले लकडाउन घोषणा गरेको थियो । यसैबीच चैत्र १० देखि जेठ ८ सम्म भ्रामक खबर फैलाउने सञ्चार संस्थाहरुलाई कारवाही गरिएको काउन्सिलले जानेको छ । काउन्सिलले सचेत गराउने, स्पष्टिकरण सोध्ने र कारबाही गर्ने गरेको छ । लकडाउनको अवधिमा ५९ वटा सञ्चारमाध्यलाई स्पष्टिकरण माग गरिएको, २२ वटालाई सचेत गराइएको , ४० वटालाई निर्देशन दिइएको र १४ वटाको ध्यानाकर्षण गराइएको भने एउटालाई अन्तिम चेतावनी दिइएको प्रेस काउन्सिलद्वारा जारी विज्ञाप्तिमा उल्लेख छ ।
साथै, ७० ओटा अनलाइनलाई भने नेपालभित्र सम्प्रेशण हुन नसक्ने गरी वेवसाइट बन्द गराइएको छ । बन्द गरिएका अनलाइनहरू सूचना विभागमा पनि दर्ता नभएका र प्रेस काउन्सिलको पनि अनुमति नलिइकन सञ्चालन भएका छन् । बन्दभएका अनलाइनहरूले कोरोनाका कारणबाट मृत्यु भएको, कोरोना पोजेटिभ देखिएको, कर्मचारीको तलब बढाएको, लकडाउन खुलेकोलगायतका भ्रमपूर्ण समाचारहरू लेखेको प्रेस काउन्सिलले जनाएको छ ।











