राप्रपा अध्यक्ष थापा ओमको आइसियूमा भर्ना

0 Shares

देश । केहि दिन अगाडी मात्र कोरोना भाइरस संक्रमण पुष्टी भएका राप्रपा अध्यक्ष कमल थापा अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि अध्यक्ष थापालाई शुक्रबार दिउँसो २ बजे ओम अस्पताल भर्ना गरिएको उनीनिकट स्रोतले बतायो ।

कोरोना संक्रमणकै कारण अध्यक्ष थापालाई श्वासप्रश्वासमा समस्या देखिएको बताइएको छ । बिहीबार ह्याम्स अस्पतालमा अध्यक्ष थापाले गरेको स्वाब परीक्षणमा संक्रमण पुष्टि भएको थियो । यद्दपी उनि घरमै थिए । उनको उपचार ओमको आइसियू कक्षमा भइरहेको छ ।

कमेन्ट गर्नुहोस्