एनएमए जनकपुर अध्यक्ष डा. रामजी निर्वाचित

देश । नेपाल चिकित्सक संघ (एनएमए) जनकपुर शाखाको अध्यक्षमा डाक्टर रामजी यादव निर्वाचित भएका छन् । उनले २ सय ९७ मत गरेर विजय सुनिश्चित गरेका हुन् । यस्तै , वरिष्ठ उपाध्यक्षमा डा.रामेश्वर महासेठ सर्वाधिक ३ सय ११ , महासचिवमा डा.रामज्ञान यादव २ सय ९८,कोषाध्यक्षमा डा.राजेश कुमार साह २ सय ५० मत ल्याएर विजयी भएका छन । सोमबार सम्पन्न भएको निर्वाचनमा उपाध्यक्षमा डा.अश्विनि कुमार झा , सहसचिवमा डा. रतिश सिंह र सहकोषाध्यक्षमा डा.अमित कुमार यादव निर्विरोध निर्वाचित भएका थिएँ।

कार्यसमिति सदस्यहरुमा डा.विपिन कुमार यादव २ सय ६८,डा.देव नारायण साह २ सय ३५,डा.रविरञ्जन प्रधान २ सय ५१,डा.ऋषिकेश प्रताप साह २ सय ३० , डा.विजय कुमार साह ३ सय र डा.विभाष गोइत १ सय ७५ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमिति सदस्य डाक्टर विपिनले घोषणा गरिएका प्रतिबद्धताहरुलाई कार्यन्वयन गर्दै अगाडी बढ्ने बताएका छन् ।

कमेन्ट गर्नुहोस्