कोरोनाको कारण थप ४३ जनाको मृत्यु

सांकेतिक तस्बिर

विदेश । कोरोना भाइरस (कोभिड १९) कारण विदेशमा थप ४३ जनाको मृत्यु भएको छ । यो साता कोभिड १९ विश्वव्यापी महामारीका कारण विदेशमा विभिन्न मितिमा नेपालीहरुको मृत्यु भएको पुष्टि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।

गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु छ । योसँगै साउदी अरबमा मात्रै संक्रमणका कारण निधन हुने नेपालीको संख्या ५२ जना पुगेको छ । साथै यो साता कतारमा पनि थप २ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । शनिवार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय ४३ पुगेको स्वास्थ्य समितिका संयोजक संजीव सापकोटाले जनाएका छन् ।

कोरोना भाइरसका कारण हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुले ज्यान गुमाएका छन् ।

कमेन्ट गर्नुहोस्