२५ वर्षपछी सेमिफाइनलमा इंग्ल्यान्ड

खेलकुद । इंग्ल्यान्ड युरो २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार विहान सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा युक्रेनलाई ४-० गोलले पराजित गर्दै इंग्ल्यान्ड २५ वर्षपछि युरो कपको सेमिफाइनलमा प्रवेश गरेको हो । इंग्ल्यान्डको एकपक्षीय जितमा ह्यारी केनले चौथो मिनेटमा गोलको खाता खोले । पहिलो हाफमा ह्यारी म्याकग्वेर र केनले थप एक–एक गोल गरे । सब्स्टिच्युट जोर्डन हेन्डरसनले चौथो गोल गरे ।

पहिलो हाफमा १-० ले अघि रहेको इंग्ल्यान्डले दोस्रो हाफ सुरु भए लगत्तै अग्रता दोब्बर पार्‍यो । लुक शाको फ्रिकिङमा ह्यारी माग्युरले शक्तिशाली हेडमार्फत बललाई जाली चुमाए । पाँच मिनेटपछि इंग्ल्यान्डले तेस्रो गोल गर्‍यो । यसपटक पनि शाले नै गोलका लागि पास उपलब्ध गराए। उनले उत्कृष्ट क्रश गरेपछि ह्यारीले हेडमार्फत टिमका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गरे। इंग्ल्यान्डका लागि जोर्डन हेन्डर्सनले चौथो गोल ६३ मिनेटमा मासन माउन्टले उपलब्ध गराएको पासमा गरे।

इंग्ल्यान्डले जारी प्रतियोगितामा अहिलेसम्म गोल खाएको छैन। लगातार पाँच खेलमा गोल नखाइ अन्तिम चारमा स्थान पक्का गरेको इंग्ल्यान्डले अब सेमिफाइनलमा आगामी बुधबार डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डले सन् १९६६ को विश्वकपका रूपमा पहिलो ठूलो उपाधि जितेको थियो । त्यसयता इंग्ल्यान्ड युरोको इतिहासमा सेमिफाइनल पुगेको यो पहिलोपल्ट हो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्