निवासमै फर्किए ट्रम्प

विदेश । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निवासमै फर्किएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनसम्म अस्पतालमा बिताएका ट्रम्पको उपचार अब विशेष निगरानीमा ह्वाइटहाउसमै हुने छ । ट्रम्पको उपचारमा संलग्न चिकित्सकका अनुसार उनी पूर्णरुपमा ठीक भइसकेका छैनन् । यद्यपि उनको स्वास्थ्य सुधारोन्मुख रहेको बताइएको छ । ट्रम्पमा रहेको भाइरस जिउँदो नरहेकाले उनीबाट अरुलाई कोरोना सर्ने सम्भावना नरहेको उनको उपचारमा खटिएका स्वास्थ्यकर्मीले बताएका छन् ।

वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरबाट विदा हुँदै गर्दा ट्रम्पले छिट्टै राष्ट्रपति पदको चुनाव प्रचार सुरु गर्ने बताए । (एजेन्सी)

कमेन्ट गर्नुहोस्