भारतमा अनुमति पाएसँगै नेपालमा खोप आउला ?

विदेश । नेपालको छिमेकी मुलुक भारतले कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोपलाई छिटै अनुमति दिने भएको छ । भारतको ड्रग कन्ट्रोलर जनरल अफ इन्डियाका भिजी सोमानीले बिहीबार आयोजना गरिएको एक वेबिनारमा ‘नयाँ वर्ष २०२१ हाम्रो खुसिको कुरा हुनेछ किनभने हामीले केही प्राप्त गर्ने छौ’ भनेका थिए । उनको यो संकेत निश्चय नै खोप तर्फ नै थियो ।

जनवरी १ अर्थात शुक्रबार यस सम्बन्धी महत्वपूर्ण बैठकमा सेरम इस्टिच्युट अफ इन्डिया र भारत बायटेक पनि सहभागी हुनेछन् । आपत्कालीन प्रयोगका लागि अनुमति लागि यस अगाडि नै दुई पटक निवेदन दिइसकेको भएता पनि सुरक्षा र प्रभावकारी सम्बन्धी पर्याप्त प्रमाणहरु पेस नगरेका कारण अनुमतिमा केही ढिलाइ भएको बताइएको छ ।

सेरमले आष्ट्राजेनिकासँग अक्सफोर्डको भ्याक्सिन ल्याउनको लागि साझेदारी गरेको छ । वेलायतमा सो भ्याक्सिनले प्रयोगका लागि अनुमति पाइसकेको छ । भारतमा अनुमति पाउनसाथ नेपालका पनि आपत्कालिन प्रयोगका लागि ल्याउन सरकारले पहल गरिरहेको छ । सरकारले २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप भारतबाट किन्ने प्रक्रिया अगाडि बढाएको छ । सरकारले भारतमा आपत्कालीन प्रयोगका लागि अनुमति पाउने वित्तिकै नेपालमा पनि खोप ल्याउने बताएको छ ।

कमेन्ट गर्नुहोस्