विदेश । कोरोना भाइरसका कारण अहिले विश्वमा चिन्ताको विषय बनिरहेको छ । रसियाले भ्याक्सिन बनाएको दाबी गरेता पनि यसको विश्वसनीयतामा प्रश्नहरु उठिरहेका नै छन् । तर , कोरोना भाइरसलाई नियन्त्रणमा ल्याउने देश मध्ये एक हो जापान । कोरोना भाइरसलाई महामारी हुन् नदिएका जापानका प्रधानमन्त्री सिन्जो आबेले पदावधि सकिनु एक वर्षअगावै राजीनामा दिने भएका छन् । उनले विरामी भएको कारण पद छोड्न लागेको जापानको सरकारी टेलिभिजन एनएचकेले जनाएको छ ।
६५ वर्षीय प्रधानमन्त्री आबेले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दैछन् समेत जानकारीमा उल्लेख छ । प्रधानमन्त्री आबेले सम्बोधनबाट राजीनामा दिन लागेका बताइएको छ । लामो समयदेखि अल्सरेटिभ कोइलेइटिस रोगबाट पीडित छन् । ‘आफ्नो स्वास्थ्यका कारण सरकारको काममा असर नपरोस् भनेर उहाँले राजीनामा दिने निर्णय गर्नुभएको हो,’ उनीनिकट स्रोतलाई उल्लेख गर्दै एनएचकेले जनाएको छ ।
यसअघि पनि आबेले सन् २००७ मा स्वास्थ्यका कारण प्रधानमन्त्री नियुक्त भएको वर्ष दिनमै राजीनामा दिएका थिए । आबे जापानमा सबैभन्दा बढी समय लगातार प्रधानमन्त्री हुने पहिलो व्यक्ति हुन् । (एजेन्सी)









