देश । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार रातिबाट लागूहुनेगरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ मूल्यवृद्धि गरेको हो । निगमले बढाएको मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ सय ३९ रुपैयाँ पुगेको छ । यस्तै डिजेल १ सय २२ र मट्टितेल १ सय २२ रुपैयाँ पुगेको छ ।
निगमले आन्तरिक हवाई इन्धनको मूल्य पनि बढाएको छ । प्रतिलिट ५ रुपैयाँले बढेर हवाई इन्धन १ सय ६ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर १ सय अमेरिकी डलरले वृद्धि गरी ९ सय ९५ अमेरिकी कायम गर्ने निर्णय गरिएको छ । एलपी ग्यासको मूल्यलाई भने यथावत राखिएको निगमद्वारा जारी गरिएको विज्ञप्तिमा जनाएको छ ।
कमेन्ट गर्नुहोस्











