प्रधानमन्त्री देउवाले भने, ‘अब पास हुन्छ’

देश । प्रतिनिधिसभाको आइतबारको बैठकमा नेपाल सरकारले एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा पेस गरेको छ । नेपालको संविधानको सर्वोच्चता, सार्वभौमसत्ता, असंलग्न परराष्ट्र नीति र कुनै सैन्य संगठनमा आबद्ध नहुने प्रतिबद्धतासहित एमसीसी सम्झौता टेबल गरिएको सरकारको भनाइ छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार अघिल्ला सरकारहरुको अविच्छिन्न उत्तराधिकार रहेको भन्दै तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा दर्ता गराएको सम्झौता अनुमोदनका लागि पेस गरेको बताएका छन् । एमसीसीको विपक्षमा रहेका सांसदहरुको नाराबाजीकै बीच प्रतिनिधिसभामा मन्त्री कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता टेबल भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अब पारित हुने बताएका छन् । सञ्चारकर्मीहरुले प्रधानमन्त्री देउवालाई एमसीसी कहिले पास हुन्छ भनी गरेको प्रश्नमा उनले भने, ‘अब पास हुन्छ ।’

कमेन्ट गर्नुहोस्