आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन

देश । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आइतबार पार्टी कार्यालय धुम्बाराहीमा राप्रपाका जनवर्गीय संगठनहरुको संयुक्त भेलालाई सम्बोधन गर्दै केपी ओली सरकार कोरोना महामारी र भ्रष्टाचार नियन्त्रणमा असफल भएको भन्दै आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । थापाले भ्रष्टाचार र धर्म परिवर्तनजस्ता विषयलाई लिएर सडकमा जान कार्यकर्तालाई आग्रह गरे ।

ओली सरकार देशलाई निकास दिनेभन्दा पनि समस्याको दलदलमा फस्दै गएको विश्लेषण गर्दै कोराना महामारीमा पनि सरकार आर्थिक अनियमिततामा फसेको र भ्रष्टाचार नियन्त्रणमा उदासीन बनेको थापाले बताए । प्रतिपक्ष नेपाली कांग्रेसको पनि भूमिका प्रभावकारी नभएको भन्दै थापाले अब भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलनको तयारी गर्न जनवर्गीय संगठनका कार्यकर्ताहरुलाई आग्रह गरे । आन्दोलनको स्वरुपबारे थप छलफल आवश्यक रहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्