देश । कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ३२ थपिएको छ । शनिवार विहान स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञाप्तिमा कपिलवस्तुमा ८ , सर्लाहीमा १३ , बारामा १ , काठमान्डौमा १ , रुपन्देहीमा ८ र चितवनमा १ जना थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कपिलवस्तुमा वाणगंगा नगरपालिका २७ वर्षीय एक महिला र १७ , १९ , २२ , २९ , ३५ , ४० , ४२ वर्षय पुरुषमा संक्रमण देखिएको छ । यसैगरी सर्लाहीमा गोडैता र कविलासी नगरपालिकामा १८ , २० , २० , २० , २१ , २२ , २३ , २६ , २६ , २८ , ३३ , ३५ , ३५ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । यसैगरी बारामा करैयामाई गाउँपालिकामा ३७ वर्षीय महिला र काठमान्डूमा ३५ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । यी सबैको परिक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमान्डूमा गरिएको हो ।
यसैगरी रुपन्देहीमा ८ जना थपिएका छन् । गैडवहा र रोहिणी गाउँपालिकामा २० , २० , २४ , २४ , २७ , ३० , ३० , ५५ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । यसको परिक्षण प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको थियो । यसैगरी चितवनमा भरतपुर् ६ स्थित ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म नेपालका ४० जिल्लामा संक्रमण देखिएको छ । सबैभन्दा बढी बाँकेमा ११५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरुमध्ये हालसम्म ७१ जना निको भएका छन् । बाँके, सिन्धुपाल्चोक र गुल्मीका एक/एक गरी अहिलेसम्म ३ जना व्यक्तिको नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएको छ ।









