बैज्ञानिकले प्रस्ट्याए ‘अण्डा शाकाहारी कि मांशाहारी ?’

विदेश । अण्डालाइ केहिले शाकाहारी मान्छन भने धेरैले मांशाहारी । यसलाई भेग केहिले खाने गरेका छन् भने केहिले खादैनन् । अर्थात् कतिपय आफुलाई शाकाहारी भन्नेहरुले पनि अण्डा खाने गर्दछन् । तर यो शाकाहारी हो कि मांशाहारी ? यस विषयमा मानिसहरुले आ-आफ्नै तर्क राख्ने गरेका छन् । तर वैज्ञानिकहरुले यस्तो तथ्य पत्ता लगाएका छन् कि जसले अण्डा मांशाहारी कि शाकाहारी भन्ने बहसलाई संवत अन्त्य गरिदिनेछ ।बजारमा पाइने धेरै अण्डाहरु बतासे, अर्थात् गर्भाधान नभएका अण्डा हुन् । अर्थात् यी अण्डाबाट चल्ला कोरलिँदैन ।

यसको अर्थ त्यस्ता अण्डाहरु विज्ञानको नजरमा शाकाहारी हुन् । पहिलो बाहिरी बोक्रा, दोश्रो सेतो भाग र तेश्रो पहेँलो भाग गरि अण्डामा तिनवटा प्रष्ट तह हुन्छन् । प्रोटिनको समेत उच्च श्रोत मानिने सेतो भाग शाकाहारी हो किनकी त्यसमा प्राणीको कुनै हिस्सा हुदैन । तर ,पहेँलो भागको कुरा गर्दा त्यसमा प्रोटिनसँगै कोलेस्ट्रोल र फ्याट पनि पाइन्छ । जब कुनैपनि अण्डा पोथीमा भाले लागेर पारिएको वा गर्भाधान भएको हुन्छ तबमात्र त्यो अण्डा मांशाहारी बन्दछ । त्यसैले गर्दा शाकाहारीले नकोरेलिने बतासे अण्डा खान सक्नुहुन्छ , जसलाई बैज्ञानिकले समेत प्रस्ट्याएका छन् ।

कमेन्ट गर्नुहोस्