राजधानीमा शुभकामना आदानप्रदान कार्यक्रम

जयहोस् । नेपाली कांग्रेस सर्लाही सम्पर्क समितिले राजधानीमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । सर्लाहीबाट काठमाण्डौमा आइ बसोबास गरिरहेका नेपाली कांग्रेसका समर्थकले आउदै गरेको विजयादशमी, दिपावली र छठ पर्वलाई लक्षित गर्दै शुभकामनाको कार्यक्रम गरेका हुन् । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहको प्रमुख्य आथित्यमा सम्पन्न कर्यक्रममा सर्लाहीका नेताहरु विनोद खनाल , नविन अधिकारी , सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य डाक्टर अमरेश कुमार सिंह , कलाकार शिवशंकर रिजाल, नेवि संघका केन्द्रिय सदस्य रघु कार्की लगायतको उपस्थिति रहेको थियो । बत्तीसपुतली स्थित स्वछन्द पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा नेताहरुलाई एक भएर विकास निर्माणको काममा जुट्न कार्यकर्ताले आग्रह गरे ।
कमेन्ट गर्नुहोस्