गोडैताको संक्रमितलाई सर्लाहीमै उपचार

देश । केहि समय यता सर्लाहीमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या बढ्दो छ । नेपाल – भारत सिमानासँग जोडिएको जिल्ला भएकोले यहाँ भारतमा काम गर्न गरेकाहरु फर्किने क्रम बढ्दो छ । उचित व्यस्थापन हुन् नसक्दा केहि लुकिछिपी आफ्नै गाउँ पनि पुग्ने गरेका छन् । तर , अधिकांस क्वारेन्टाइनमा छन् । यद्दपी बेलैमा क्वारेन्टाइनमा परिक्षण हुनसकेको छैन ।

गत दुइ दिनमा मात्र यहाँ २८ जना संक्रमित बढेका छन् । संक्रमितको संख्या बढ्दै गएपछि सर्लाहीमै आइसोलेसन वार्डको स्थापना गरिएको छ । संक्रमितलाई उपचारको लागि पठाईने जनकपुरको प्रादेशिक अस्पताल र वीरगञ्जमा रहेको नारायणी उपक्षेत्रीय अस्पतालमा वेडको अभाव भएपछी सर्लाही जिल्लामा नै ५० वेडको आइसोलेशन वार्ड निर्माण गरिएको हो । जिल्लाको सदरमुकाम मलंगवामा रहेको सन्त अल्पमाई रामनारायण यादव नर्सिङ्ग कलेजमा आइसोलेशन वार्ड निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए । रणशेर गणबाट आएका नेपाली सेनाको टोली र स्वास्थ्यकर्मीसहितको टोलीले वार्ड निर्माण गरेका हुन् ।

प्राथमिक रुपमा ५० शैयाको आइसोलेसन निर्माण गरिएपनि यसलाई बढाउँन सकिने प्रजिअ जिसीले बताए । साथै , उनले संक्रमितलाइ पौष्टिक अहार, औषधि र खानाको व्यवस्था गरिएको समेत जनाए । आइसीयुको सुविधा आइसोलेसनमा नभएकाले यहाँ प्राथमिक उपचार गरिने छ । ‘गम्भीर प्रकृतिका लक्षण देखिएका संक्रमितलाई उपचारका लागि बाहिर नै पठाउँछौं’ प्रजिअ जिसीले भने ।

कमेन्ट गर्नुहोस्