देश । कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमितको पुष्टी भएको छ । नयाँ संक्रमितमध्ये वीरेन्द्रनगर नगरपालिका ७ पुरुष र ३ महिला रहेका छन् भने चौकुने गाउँपालिकाका २ महिला र १ पुरुष रहेका छन् । अर्का एकजना ५५ वर्षीय पुरुष बझाङका रहेको खुलेको छ भने अर्की एक महिला बोल्न नसक्ने भएकोले पहिचान नभएको जनाइएको छ । पछिल्लो अपडेटसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ३८ पुगेको छ ।
सुर्खेत प्रयोगशालामा बुधबार गरिएको परीक्षणबाट १५ जनामा पीसीआर पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ९ सय १ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा झापाका १७ जना, सप्तरीका ११ जना, मकवानपुर हेटौंडाका १, रौतहटका ३६, बागलुङका ६, पूर्वी रुकुमका ३, दाङका १५, बाँकेका १६, सिरहाका २ र बाराका ७ जना रहेका छन् । मिडिया ब्रिफिङमा १ सय १४ संक्रमित रहेको जनाईएको हो । संक्रमित मध्ये १ सय ८३ जना निको भएर घर फर्किइसकेका छन् । भने , संक्रमणका कारण ४ जनाले ज्यान गुमाएका छन् ।








