प्रम ओलीले दिए इदुल फितरको शुभकामना

फाइल तस्बिर

देश । प्रधानमन्त्री केपी ओलीले इस्लाम समुदायको पर्व इदुल फितरको अवसरमा शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले सुरक्षित रुपमा घरभित्रै बसेर मनाउन आग्रह समेत गरेका छन् । इस्लाम समुदायले मनाउने इदुल फितरको अवसरमा शुभकामना सन्देश जारी गदै प्रधानमन्त्रीले विश्वव्यापी संकटका हरू कोभिड– १९ को महामारीको सामना गर्नुपरिरहेको विशेष परिस्थितीमा प्रकोपवाट बच्न विशेष सर्तकता अपनाउँदै पर्व मनाउन अपिल गरेका हुन् ।

अरवी पात्रोको नवौं महिनालाई रमदान भनिन्छ र यस महिनाभर इस्लाम समुदायले बस्ने ब्रतलाई रोजा भनिन्छ। रमदान अवधिभर रोजा बसी नमाज पढेर महिनाको अन्तिम दिन चन्द्रमा उदाएपछि यस पर्वको समापन गर्ने चलन छ। अरवी भाषामा ईदको अर्थ खुसी र फितरको अर्थ दान हुन जान्छ । नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश भएको भन्दै प्रधानमन्त्रीले यस्ता विशेषताहरू नेपालको आफ्नै मौलिक पुँजीहरू रहेको र एकता र सहिष्णुताको यस्तो पुँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोडी दिएका दिएका छन् । नेपालमा इस्लाम समुदायले इदुल फितर सोमबार (आज) मनाउँदैछन्।

कमेन्ट गर्नुहोस्