प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण बुधबार गरिने

फाइल फोटो
देश । प्रधानमन्त्री केपी ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ । मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमा हुने भएको हो । आइतबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपरणबारे जानकारी गराएको हो । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठले मिर्गौला प्रत्यारोपण बारे प्रस्ट्याएका हुन् । आज बिहान ग्रान्डी अस्पतालमा मिर्गौला डायलासिस गराएका प्रधानमन्त्रीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागेका हुन् ।
कमेन्ट गर्नुहोस्