काठमाडौँ । हरेक वर्ष झैँ कलाकार रमेश दुलालले काग तिहारको अवसर पारेर दरबारमार्गमा रहेको नारायणहिटी संग्रहालय अगाडि काग भेला पारेर काग सम्मेलन गरेका छन् । कलाकार दुलालद्वारा आयोजित २१ औँ काग सम्मेलन झन्डै आधा घण्टासम्म चलेको थियो ।
‘कागलाई बोलाउँदा मलाई आपत् पर्यो भन्दै सहयोग माग्नुपर्छ, अनि उनीहरू आफूतिर आउँछन्’, कलाकार दुलालले भने । उनले सय बढी जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने गरेका छन् । यमराजको सन्देश वाहकको रूपमा चिनिने कागलाई कात्तिक कृष्ण त्रयोदशीका दिनमा पूजा गरिन्छ ।
कमेन्ट गर्नुहोस्