कसको अभिनयले प्रेरणा मिल्छ आमिरलाइ ?

फिल्म । बलिउड अभिनेता आमिर खान धेरै कलाकारका लागि प्रेरणाका स्रोत हुन् । उनको अभिनयबाट प्रभावित हुने अन्य कलाकार प्रसस्तै छन् । तर आमिर को बाट प्रभावित छन् त ? यो जिज्ञाषा धेरैलाई हुन् सक्छ । हालैको एक ट्विट मार्फत उनले यो जिज्ञाषा मेटाएका छन् । उनले साउथ इण्डियन एक्टर चिरन्जिवी आफ्नो प्रेरणाको स्रोत रहेको जनाएका छन् । उनले ट्विट गर्दै उनलाई प्रेरणाको स्रोत भनेका छन् ।

धेरैल़िया लाग्न सक्छ आमिर हलिउडका कलाकार मार्फत प्रभावित छन् भनेर तर उनको ट्विटबाट सबै प्रष्टिएको छ । उनले गर्ने अभिनयकै कारण उनलाई मिस्टर पर्फेक्टनिस्ट पनि भन्ने गरिन्छ । पछिल्लो समय आमिरले चिरन्जिवीलाई जापानमा भेटेका हुन् । उनले भेटेनन् मात्र ट्विटरमा तस्वीर समेत पोष्ट गर्दै सम्मान प्रकट गरेका छन् । पछिल्लो रिलिज फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ मार्फत असफलताको स्वाद चाखेका आमिर नयाँ प्रोजेक्टमा व्यस्त छन् ।

Facebook Comments