फिल्म । हिरोइनहरू कुनै उपमा वा विशेषण पाउँदा दंग पर्छन्। तर, मार्गो रबीलाई भने मानिसहरूले आफ्ना अघिपछि लगाउने विशेषण मन पर्दैन। हालसालै उनले ‘भोग’ पत्रिकालाई दिएको अन्तर्वार्तामा आफूलाई बम्बसेल भनेको मन नपर्ने बताएकी छिन्।
हलिउडमा मार्गो रबीलाई बम्बसेल भनेर सम्बोधन गरिन्छ। राम्रो जीउडाल र रूपरङकी धनी मार्गोलाई मिडियाले सम्बोधन गर्ने क्रममा सधैँ यही विशेषण प्रयोग गर्छ। तर, उनलाई मिडियाले दिएको यो विशेषण फिटिक्कै मन पर्दैन। उनले अन्तर्वार्तामा आग्रह गरेकी छिन्, ‘प्लिज, मलाई बम्बसेल नभन्नुस्। मलाई यो शब्द मन पर्दैन।’
उनले आफूलाई बम्बसेलजस्तो एकै शब्दमा सम्बोधन गर्न मन भए, ‘पावरहाउस’ भन्न सुझाव दिएकी छिन्। मार्गोको सुझाव त बुझियो तर मिडियाको नानीदेखि लागेको बानी कसरी जाला ?
कमेन्ट गर्नुहोस्