के मिस गर्दैछिन् तारा ?

फिल्म । कोरोना भाइरस (कोभिड १९) को कारणले यतिबेला विश्वनै ठप्प झैँ छ । सामाजिक दुरी कायम गरेर कोरोना भाइरसको महामारी फैलिन नदिन सकिने भएको हुँदा विश्वका अधिकांस देशले लकडाउन गरिरहेका छन् । यसैले गर्दा अहिले स्वास्थ्यकर्मी , मिडियाकर्मी र सुरक्षाकर्मी बाहेक अन्य लगभग घरमै छन् । फुर्सदिला रहेका अभिनेत्रीहरुले पुराना दिन सम्झिन थालेका छन् ।

बलिउडमा गत वर्ष मात्र स्टुडेन्ट अफ ड इयर मार्फत डेब्यु गरेकी तारा सुतारिया आफुले समुन्द्रको तट मिस गरेको जनाएकी छिन् । उनले समाजिक सञ्जाल मार्फत बिकिनी तस्बिर सार्वजनिक गर्दै समुन्द्री किनारको जीवन मिस गरेको जनाएकी हुन् । उनले साथमा आफुले फोटोशुत गर्दै गरेको तस्बिर पनि सार्वजनिक गरेकी छिन् । जहाँ उनि बिकिनी अवतारमा प्रस्तुत छिन् । यो तस्बिर उनले माल्दिभ्समा खिचाएकी थिइन् । (एजेन्सी)

View this post on Instagram

Missing 🏖🌊🐚👙☀️ @rahuljhangiani

A post shared by TARA💫 (@tarasutaria) on

कमेन्ट गर्नुहोस्