तेलुगु फिल्म :यी सम्झौता गर्दै अर्को साताबाट छायांकन गर्ने सहमति

फिल्म । तेलुगु फिल्मको रोकिएको छायांकन सूचारु भएको छ । तेलुगु फिल्मको बढ्दो बजेटले बढिरहेको घाटा कम गर्न निर्माताहरुले छायांकन नै रोकेर छलफल गरेका थिए । तेलुगू फिल्मको चेम्बर एन्ड एक्टिभ प्रोड्युसर गिल्डले अबदेखि कलाकारले दैनिक ज्याला नपाउने निर्णय गर्दै गत अगस्ट १ देखि रोकिएको छायांकन आउँदो साताबाट सुरु गर्ने निर्णय गरेको छ । यस्तै ,हलमा प्रदर्शन भएको आठ हप्ता पश्चात ओटीटी रिलिज गर्न पनि निर्माताहरु तयार छन् ।

अब कुनै पनि तेलुगू फिल्म हल रिलिजको कम्तिमा आठ सातापछि मात्र ओटीटीमा रिलिज हुन पाउनेछन् । पछिल्लो समय फिल्म निर्माणको लागत बढेको अनुपातमा कमाइ नभएको भन्दै अस्थायी रुपमा छायांकन रोक्ने निर्णय भएको थियो । यसैबीच, प्रोड्युसर काउन्सिलले पनि टिकटको मूल्य एक सय भारुबाट झारेर ७० कायम गर्न प्रस्ताव गरेको छ । मल्टिप्लेक्समा चाहिं १ सय ५० बाट घटाएर १ सय २० भारु कायम गर्न भनिएको छ । यसबारे प्रदर्शकसँग छलफल गरेर मुल्य तय गर्ने बताइएको छ ।

कमेन्ट गर्नुहोस्