पार्श्वगायनमा डेब्यु गर्दै आयुष

265 Shares

फिल्म । भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालबाट सहभागी हुँदै जी टीभीको कार्यक्रमको फाइनलमा पुगेर चौथो भएका आयुष केसीले नेपाली फिल्ममा गीत गाउने भएका छन् । उनले चाइल्ड स्टार अनुभव रेग्मीको लागि गीत गाउँन लागेका हुन् । यसै साता रेकर्ड गरिने गीतमा स्वर आयुषको रहनेछ भने त्यसमा अनुभव रेग्मी देखिनेछन् ।

आयुषले अनुभवको अभिनय रहेको पछिल्लो फिल्म ‘हजार जुनीसम्म’ मार्फत पार्श्वगायनमा डेब्यु गर्न लागेका हुन् । विकासराज आचार्यको निर्देशनमा तयार भईरहेको फिल्म आउँदो भाद्र ६ मा रिलिज हुँदैछ । विकासको फिल्मबाट धेरै कलाकारहरुले ब्रेक पाइसकेका छन् र अधिकांस सफल पनि छन् । यसैले गर्दा पनि आयुषको डेब्यु सुखद हुनेमा दुइ मत छैन ।

फिल्मको टाइटल गीत ‘हजार जुनीसम्म’ मा आयुषले आवाज दिनेछन । फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, प्रियंका कार्की, संचिता लुइँटेल , अनुभव रेग्मी, सलोन बस्नेतलगायतका कलाकारहरुको अभिनय छ । नाई नभन्नु ल सिरिजका निर्देशक विकासराजको निर्देशन रहेको फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । फिल्ममा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् भने यसमा विशाल चाम्लिङ निर्माता छन् ।

Facebook Comments