‘वार’ खेल्नु अगाडी ऋतिकले राखेका थिए यस्तो ‘कन्डिसन’

फिल्म । आउँदो बुधवार फिल्म ‘वार’ रिलिज हुँदैछ । सार्वजनिक गीत संगीत र ट्रेलरको कारण पनि गीत नेपालमा उत्तिकै प्रतिक्षित छ । कारण फिल्ममा ऋतिक रोशन र टाइगर श्राफ छन् । यसैले गर्दा पनि फिल्म प्रतिक्षित छ । एक अर्काको कपि मानिने ऋतिक र टाइगरको डान्स र एक्सन एक जस्तै मानिन्छ । साथै , यी दुइ फिट पनि उत्तिकै छन् । तर , फिल्म साइन गर्नु अगाडी ऋतिकले निर्देशक सिद्धार्थ आनन्दलाई एउटा कन्डिसन राखेका थिए ।

‘मैले मेरो अपोजिटमा टाइगर हुन्छन् भने म फिल्म गर्छु भनेको थिए’ ऋतिक भन्छन् ‘म सँग वार गर्ने क्षमता उनमा छ जस्तो लाग्छ ।’ऋतिकले टाइगरकै कारण आफुमा थप उत्साह थपिएको समेत बताए । ‘उसलाई हेर्दा म पनि उभन्दा राम्रो हुनु पर्छ सोच आउँछ त्यसैले मेहनत गर्छु’ उनले भने । टाइगर पनि ऋतिकसँग पर्दामा देखिन पाउँदा निकै उत्साहित छन् । ‘जो मेरो आइडल थिए अहिले उहासँगै मैले अभिनय गर्ने मौका पाए त्यसैले झन् मेहनत गरेको छु’ टाइगरले भने ।

गीत र ट्रेलरमा एकसाथ देखिएका ऋतिक र टाइगरलाई अब दर्शकले पर्दामा मात्र एकसाथ देख्न पाउनेछन् । फिल्मको प्रचारको क्रममा यी दुइसंगै नदेखिने भएका छन् । ‘वार’ मा एक्सन सुपरस्टार छन् र हामी दर्शकहरूले उनीहरूलाई पर्दामा मात्र एकसाथ हेरून भन्ने चाहन्छौ । उनीहरूले एकअर्कालाई टक्कर दिदांको मजालाई हामी खराब गर्न चाँहदैनौं’, निर्देशक सिद्धार्थ आनन्दले भने। यी दुईलाई लिएर निर्देशक सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्म ‘वार’ लाई दर्शकले आउँदो अक्टुबर २ मा हेर्न पाउने छन् ।

यशराज फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा लिड एक्ट्रेस वानी कपूर छिन् । सिद्धार्थले सन् २००५ मा सलाम नमस्ते मार्फत निर्देशकको रुपमा डेब्यु गरेका थिए । त्यसपछी उनले तारारमपम , बचना ए हसिनो , अन्जाना अन्जानी , ब्याङ ब्याङ जस्ता फिल्म निर्देशन गरिसकेका छन् । ऋतिकसँग उनले पछिल्लो फिल्ममा काम गरेका थिए । ऋतिक र टाइगरलाई एक अर्काको कपि मानिन्छ , त्यसैले यी दुईलाई फ्यान एकसाथ हेर्न चाहन्छन । (एजेन्सी)

कमेन्ट गर्नुहोस्