घर घोषणा : अर्पण हिरो र निर्देशक

फिल्म । अर्पण थापाको निर्देशनमा नयाँ फिल्म ‘घर’ निर्माण हुने घोषणा भएको छ । राजधानीमा एक कार्यक्रमको घोषणा गर्दै फिल्मको निर्माण बारे जानकारी गराइएको हो । आफुले स्टोरीटेलर भन्न रुचाउने अर्पणको निर्देशनमा मुखौटा , आधा लभ र सुनकेसरी तयार भईसकेको छ । यिनै अर्पण नयाँ फिल्म घरमा आफै निर्देशक र आफै कलाकार बनेका हुन् । फिल्ममा अभिनय र निर्देशनसँगै लेखन पनि उनकै रहेको छ । अघिल्लो फिल्म सुनकेसरी झैँ यो पनि हरर हुनेछ । ‘फिल्ममा स्वदेशी कथा पाउनु हुनेछ’ उनले भने ‘अघिल्लो हरर फिल्मले धेरै सिकाएको छ , दर्शकले इन्जोय गर्ने फिल्म बनाउनेछु ।’

डीएस डिजिटलको ब्यानरमा फिल्मलाई शर्मिला पाण्डेले निर्माण गर्दैछिन् । उनलाई लगानीमा सन्तोष अधिकारीले सहयोग गर्दैछन् । डिएसका एक सदस्य दिपेन्द्र के खनालले सब्जेक्ट मन परेकोले लगानीमा मात्र आएको बताए । ‘हामीलाई फिल्मको कन्सेप्ट मन पर्यो , यसैले गर्दा लगानी गर्दैछौ’ निर्देशक खनालले बताए । दुई नायिका छनौट हुन् बाकि रहेको फिल्मको छायाँकन भने आउदो माघको दोस्रो साताबाट सुरु हुँदैछ ।

कमेन्ट गर्नुहोस्