संगीत । गायक प्रविन बेडवाल र गायिका प्रतिमा केसीको स्वर रहेको ‘सान्बाबु’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । रोहित घिमिरेका शब्द, सिएल शर्माको संगीत रहेको सार्वजनिक म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारीसँग मोडल उमेश भट्टको रोमान्टिक अभिनय देख्न सकिन्छ ।
कुलेखानी, चित्लाङलगायतका रमणीय स्थानहरूमा छायांकन गरिएको भिडियोमा वैँशालु उमेरमा प्रेममा परेको एक प्रेमिल जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक प्रकाश धितालले देखाएका छन् । युवा उद्यमीसमेत रहेका मोडल उमेशको केही समयअगाडि मात्रै रिलिज गरिएको ‘लुकिछिपी’ बोलको गीतको भिडियोले चर्चा कमाएको थियो ।
विकाश दाहालको सम्पादन, उत्सव दाहालको छायांकन रहेको गीतमा सन्जिव बराईको एरेन्ज, किशोर थापाको मिक्सिङ रहेको छ ।
कमेन्ट गर्नुहोस्










