टिजरबाट चर्चामा चोपेन्द्र

फिल्म । मेनस्ट्रिमका फिल्ममा दह्रो पाइला टेक्दै गरेकी स्वस्तिमा खड्का फिल्म ‘बुलबुल’मा टेम्पो ड्राइभरको भूमिकामा छिन् त्यो पनि दुरुस्त गेटअपमा जसले गर्दा फिल्म चर्चामा छ । साथै , गीत र फिल्मको टिजर सार्वजनिक भएसँगै फिल्मका अर्का कलाकार मुकुन भुषालले पनि धेरैको ध्यान तानेका छन् । सार्वजनिक छोटो टिजरमा पनि मुकुनको अभिनयले धेरैमा कौतुहलता जगाएको छ । फिल्ममा उनि चोपेन्द्रको भूमिकामा छन् । टिजर सार्वजानिक भएपछी उनको चर्चा सामाजिक सञ्जालमा बढेको छ भने उनले सकारात्मक कमेन्ट पाएका छन् ।

डेब्यु ब्वाई मुकुनले यसै वर्ष भारतको शोभित विश्वविद्यालय अन्तर्गतको मार्वा स्टुडियो,नोयडाबाट अभिनयमै स्नातकोत्तर गरेर फर्किएका हुन् । उनले नेपालकै ओस्कार कलेजबाट फिल्ममै स्नातकसम्मको अध्ययन पूरा गरेर भारत हान्निएका थिए । उनले अध्ययनका क्रममा दर्जनौं छोटा फिल्ममा अभिनय गरेपनि ठूलो पर्दाको चलचित्र भने ‘बुलबुल’नै पहिलो हो । ‘हामीले चोपेन्द्रलाई जस्तो सोचेका थियौ , मुकुनले त्यस्तै बनेर देखाए’ निर्देशक विनोद पौडेलले मुकुन तारिफ गर्दै भने ‘मुकुनले सम्भावना देखाएका छन् , उनि राम्रा कलाकार हुन् ।’ फिल्म फागुन ३ मा रिलिज हुदैछ ।

कमेन्ट गर्नुहोस्