‘ए साथी सुन’ ट्रेलर सार्वजनिक (भिडियो)

फिल्म। आउँदो जेठ ५ गतेबाट प्रदर्शन हुने चलचित्र ‘ए साथी सुन’ को ट्रेलर सार्वजनिक भएको छ। अभिनेत्री वर्षा सिवाकोटी अभिनीत फिल्मको सार्वजनिक ट्रेलरमा एक युवती अपहरण गरेको प्रसंगलाई देखाइएको छ।

लभस्टोरी, थ्रिलर र कमेडी जनराको फिल्ममा वर्षासँगै रमेश बानियाँ, आयन खड्का, सुशील पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, कृष्मा खड्का, इभान सन्जेल, विमला गिरीलगायत कलाकारको अभिनय छ।

रामराघव आचार्य लिखित तथा निर्देशित फिल्मलाई बिना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन्। इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्मको सह-निर्मातामा सुदीप पौडेल छन्।

कमेन्ट गर्नुहोस्