नेपालमा १२ बजेपछि मात्र ‘२.०’ प्रदर्शन हुने

फिल्म । रजनिकांत र अक्षय कुमार अभिनित फिल्म ‘२.०’ को प्रतीक्षामा नेपालका दर्शक पनि उत्तिकै छन् । रोबर्टको सिक्वेल भएको कारण र फिल्मले पाएको हाइपको कारण यसले नेपालमा पनि राम्रो ब्यापार गर्ने अनुमान वितरक र प्रदर्शकको छ । एस शंकर निर्देशित फिल्म ‘२.०’ लाई एसियाकै दोस्रो महँगो फिल्म पनि भनिएको छ । किनकी फिल्मले तयार भएर हलमा प्रदर्शन हुदा ५ सय ५० करोड आसपासमा खर्च भएको खबर भारतीय मिडियामा छ ।

यो फिल्म नेपाल भने अन्तिम समयमा मात्र आएको हो । नेपाली वितरकलाई महँगो रकम भनेपछि यो फिल्म आउने नआउने तय गरिएको थिएन तर अन्तिम समयमा फिल्म नेपाल आयो । अन्तिम समयमा फिल्म नेपाल आएकोले यसको सेन्सर भएको छैन । यसैले गर्दा यसलाई नेपालमा भने १२ बजेपछि मात्र प्रदर्शन गरिनेछ ।

विहानी पख सेन्सर भएपछी प्राविधिक कुराहरु मिलाउन केहि समय लाग्ने भएकोले फिल्म अधिकाँस हलमा १२ बजेपछी मात्र प्रदर्शन हुनेछ । अघिल्लो रिलिज ‘ठग्स अफ हिन्दोस्तान’ मा नेपाल वितरकले राम्रो घाटा खाएपछि उनीहरु ‘२.०’ मा जोखिम मोल्न तयार थिएनन् । अन्तत नेपाली प्रदर्शकले अफर गरेकै बजेटमा फिल्म नेपाल आएपछि प्रदर्शनमा ढिलाई भएको हो । अधिकाँस मल्टिप्लेक्सले फिल्मको अनलाइन बुकिङ बुधवार ३ बजेपछि खुल्ला गरेका थिए ।

कमेन्ट गर्नुहोस्