भुवनको जोडी रीमा , ‘नाचौ छम छम’ सार्वजनिक (भिडियो)

फिल्म । अभिनेता भुवन केसीको दोहोरो भूमिका रहेको फिल्म ‘मिस्टर नेपाली’ को गीत सार्वजनिक भएको छ । ‘नाचौ छम छम’ बोलको गीतमा भुवन केसी दोहोरो भूमिकामा देखिएका छन् । गीतमा हेर्दा भुवन बाबु छोराको भूमिकामा रहेको अनुमान सहजै लगाउन सकिन्छ ।

गीतमा भुवनको जोडी बनेकी छिन् रीमा विश्वकर्मा । सार्वजनिक गीतलाई राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो । आयोजित कार्यक्रममा भुवन उपस्थित थिए र उनले दोहोरो भूमिका निर्वाह गर्न पाउँदा निकै खुसि लागेको बताए । गीतमा निर्देशक देव भुषालको शब्द , सुभाष भुषालको संगीत रहेको छ भने यसलाई मिलन लामा र रिता केसीले गाएका हुन् ।

गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । देव भुषालको निर्देशनमा तयार भएको फिल्म ‘मिस्टर नेपाली’को रिलिज तिहार आसपासमा हुने जनाइएको छ । देवचुली फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मको छायांकन नवलपरासी र काठमाण्डौमा गरिएको छ ।

फिल्ममा बिष्णु सपाकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, रवि डंगोलको साथमा नव–कलाकार साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका छ । यसमा प्रेमराज दाहालको लगानी छ । फिल्ममा हिमाल केसीको एक्सन, सुभाष भुषाल र दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य निर्देशन छ । यसमा विदेशमा रहेका नेपालीहरुको नेपालप्रतिको मायालाई झल्काउने कथा समेटिएको छ ।

कमेन्ट गर्नुहोस्