‘दर्शकको सन्तुष्टि हाम्रो ठुलो कमाइ हो’ निर्देशक भट्टराई

78 Shares

फिल्म । पछिल्लो समय ‘वर्ड अफ माउथ’ का कारण फिल्म ‘जात्रै जात्रा’ हेर्ने दर्शक बढ्दो छन् । फिल्म हेरेर फर्किएका दर्शकले ‘राम्रो छ’ भनेपछि यतिबेला फिल्मले व्यापार पनि राम्रो गरिरहेको छ । फिल्म ‘जात्रा’ सिक्वेललाई लेखक तथा निर्देशक प्रदीप भट्टराईले दर्शकको अपेक्षा अनुसार नै दिन सफल भएका छन् । मह सञ्चारमा झन्डै डेढ दशक बिताएका भट्टराईले डेब्यु फिल्म ‘जात्रा’ मार्फत नै आफुलाई प्रमाणित गरिसकेका थिए । त्यसो त ‘जात्रा’ बाट विश्वास कायम बनाएको दर्शकले यसको सिक्वेलको पर्खाइ थियो , जसलाई ‘जात्रै जात्रा’ ले पुरा गर्यो । यतिबेला फिल्म ‘अफ डे’ मा पनि हाउसफुल भइरहेका छन् । स-परिवार नै फिल्म हेर्न पुगेका फोटोहरु दर्शकले सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् ।

काठमाण्डौका विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया लिएका ‘जात्रै जात्रा’ टिम यतिबेला मोफसलमा छन् । उनीहरु पुर्वको विभिन्न स्टेसनमा पुगेर फिल्म हेरेका दर्शकसँग साक्षात्कार गरिरहेका छन् । निर्देशक भट्टराईसँगै कलाकारहरु विपिन कार्की , रवीन्द्र सिंह बानिया , वर्षा राउतले पुर्वको विर्तामोड र दमकमा दर्शकसँगै बसेर फिल्म हेर्नुका साथै प्रतिक्रया पनि लिए ।

अधिकांस शो हाउसफुल थिए । त्यसपछि इटहरी फर्किएका टिमले रात्रि शो हाउसफुल छ भन्ने थाहा पाएपछि सिनेफ्लिक्समा पुगेर दर्शकलाई धन्यवाद दिए । ‘हामी दर्शकको अपेक्षा अनुसार उत्रिन सफल भए जस्तो लाग्छ , किनकी उहाहरु खुसि हुनुहुन्छ’ निर्देशक भट्टराईले भने । उनले दर्शकक विश्वास भन्दा ठुलो कमाइ केहि नरहेको समेत बताए । ‘यतिबेला स्वदेश तथा विदेशमा फिल्म हेर्नु भएका अधिकांस दर्शक सन्तुष्ट हुनुहुन्छ , यसले हाम्रो टिमलाई अझ दायित्व थपेको छ’ उनले भने । नेपालमा ब्राण्डीङ भईरहेको फिल्ममा पछिल्लो समय ‘जात्रा’ सिरिज थपिएको छ ।

फिल्ममा विपिन कार्की, रबिन्द्र झा र रबिन्द्र सिंह बाँनिया सुन लुकाउन संघर्ष गरिरहेका छन् भने अभिनेता दयाहाङ राई हराएको सुन खोज्दै देखिएका छन् ।फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बनियाँ हुन् । फिल्ममा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ । मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई शिवराम श्रेष्ठले खिचेका हुन् । फिल्ममा बर्षा राउत , राजाराम पौडेल , प्रकाश घिमिरे, अञ्जु महर्जन, सोहित मानन्धर, सुस्मिता कार्की, प्रेम पाण्डे, प्रियंका झालगायतका कलाकारहरुको पनि अभिनय छ । यसमा शंकर महर्जन द्वन्द्व निर्देशन छ । निर्देशक भट्टराई आफैंको कथा रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत छ ।

Facebook Comments